आईतबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 11:03:30 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलोदिन आज आईतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको  १२ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved