बुधबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 11:05:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार ९ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको  १२ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ३६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved