बिहीबार सुनको भाउमा झिनो गिरावट, चाँदी स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 10:46:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved