शुक्रबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 10:48:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार २ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved