सुनको भाउ घट्ने क्रम रोकिएन, शुक्रबार ४ सयले गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 10:57:57 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुन चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सयले नै घटेर ९३ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved