सोमबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 10:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज  कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved