सुनको भाउमा ठुलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 11:00:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुन चाँदीको भाउमा ठुलो गिरावट आएको छ । सोमबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १८ सयले नै घटेर ९२ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved