बुधबार १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 10:50:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा एक हजार रुपैयाँले नै घटेर ९१ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved