शुक्रबार सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 11:14:25 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । बिहीबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा एक हजार रुपैयाँले नै घटेर ९० हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved