आइतबार ६ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 11:04:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुन चाँदीको भाउमा गिरावट आएको छ । शुक्रबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै घटेर ९० हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९८६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved