सुनको भाउ घट्ने क्रम रोकिएन, सोमबार ७ सयले गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 10:44:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुन चाँदीको भाउमा गिरावट आएको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ८९ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ७७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९६० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved