बुधबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 12:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि ३० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ६३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved