सुनको भाउ बढ्ने क्रम रोकिएन, शुक्रबार सामान्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 10:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार पनि सुन चाँदीको भाउ बढेको छ । मंगलबार देखि लगातार बढ्दै आएको सुनको भाउ आज पनि जारि छ । हिजो बिहीबार तोलाको ९२ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार २६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved