घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 09:12:10 AM मा प्रकाशित

laxmi  sunrise bank

 साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार  प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५५  हजार ४ सयमा कारोबार भईरहेको छ  ।  तेजावी सुन पनि टोलमा १ सयले घटेर भने प्रति तोला ५५ हजार १ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर  प्रति तोला ७ सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७   हजार ४  सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २  सय ४० रुपियाँ तोकेको छ  । त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७  रुपैयाँ ५० पैसा कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved