प्रादेशिक चुनाव अघि नै स्वास्थ्य नीतिको ड्राफ : स्वास्थ्यमन्त्री पोखरेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 07:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सहमति गरेर चांडो भन्दा चांडो स्वास्थ्य नीतिको ड्राफ तयार पार्न निर्देशन दिएका छन। स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समिति अन्तर्गतको उच्चस्तरीय स्वास्थ्य नीति परामर्श समितिको आज सम्पन्न बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन।

उच्च स्तरिय समितीको अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले राष्ट्रिय स्वास्थ्य नीति महत्वपुर्ण बिषय भएकोले सबैंको सहयोगको अपेक्षा गरिएको बताए। संविधानको मुल पक्षलाई समेटेर स्वास्थ नीति बनाउनुपर्ने बिषयमा जोड दिदै मन्त्री पोखरेलले प्रादेशिक चुनाव हुनु अघि नैं स्वास्थ्य नीतिको ड्राफ तयार पार्नु पर्ने बताए।     

नयाँ स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिले आफ्नो कामलाई तिब्रता दिएको छ। बैंठक स्वास्थ्य नीतिमा समेटने विषय, समितिले गठन गरेको कार्यदल र दातृ निकायले गर्ने सहयोगमा केन्द्रीत थियो। स्वास्थ्यका विषयलाई संघीयतामा लैजान तथा संविधानमा उल्लेखित विषयलाई नीतिगत रुपमै समाविष्ट गर्न गत ५ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्री पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिको कार्यकारी उपाध्यक्षमा पूर्व राजदूत डा. महेश मास्के छन भने सदस्य सचिव स्वास्थ्य मन्त्रालयको सचिव हुने व्यवस्था मिलाइएको छ । मन्त्री पोखरेल अध्यक्ष रहेको उच्च स्तरिय समितिको बैठकले नयाँ संरचना नीति बनाउन ९ वटा कार्यदल र एउटा परामर्श समिति गठन गरे पछी आज परामर्श समितिको बैंठक बसेको समितिका सदस्य डा.शरद वन्तले जानकारी दिए।

बैठकले आगामी मंसिरमा हुने केन्द्र र प्रदेशको निर्वाचन अगाडि नै नीतिको पहिलो मस्यौदा बनाएर सरकारलाई बुझाउने तयारी गरेको वन्तले बताए। समितिले नीति निर्माणका लागि गोष्ठी र छलफलका साथै ईमेल र अनलाइनबाट पनि सुझाव संकलन गर्ने जनाएको छ ।

बैंठकमा उच्च स्तरिय समितिका कार्यकारी उपाध्यक्ष डा. महेश मास्के, सदस्यहरु डा. बद्रीराज पाण्डे, डा.शरद वन्त,  डा. पुष्पा चौधरीको उपस्थिती रहेको थियो । त्यस्तैं बैंठकमा परामर्श समितिका डा.मदन उपाध्याय, डा. रिता थापा, डा. रमेशकान्त अधिकारी, डा.भरत प्रधान, डा. सरोज धिताल, डा. अर्जुन कार्की, डा.अरुणा उप्रेती लगायतकाको सहभागिता रहेको थियो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved