संघको मागमा मुख्य सचिबको असहमति,' डाक्टरहरुको आन्दोलन लम्बिन सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2017 | 02:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्सक संघको आन्दोलन लम्बिने संकेत देखिएको छ। चिकित्सक संघको दुईवटै मागमा मुख्य सचिब राजेन्द्र किशोर क्षेत्रीले असहमति जनाएपछि संघद्वारा जारि आन्दोलन लम्बिने संकेत देखिएको जनाइएको छ। 

'स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले सहमति जनाए पनि संघको मागमा मुख्य सचिबले 'बखेडा' झिकेपछि सरकारसंगको वार्ता अन्यौलमा परेको छ' स्रोतले बिजपाटीलाई जानकारी दिएको छ। 

यद्दपी स्वास्थ्यमन्त्री पोखरेलले समस्या समाधानका लागि संघका पदाधिकारीहरुलाई वार्ताका लागि मन्त्रालय बोलाएको संघका महासचिव डा. लोचन कार्कीले बताए। 'वार्ताका लागि हामि अहिले मन्त्रालयमा नै छौं, आज (आइतबार) नै टुंग्याउने हाम्रो प्रयास थियो तर मुख्य सचिबले असहमति जनाएपछि वार्ता लम्बिने स्थितिमा पुगेको छ' ड़ा कार्कीले भने, 'माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ।'  

चिकित्सक संघको जारि आन्दोलनका कारण देश भरका अधिकांश अस्पतालहरुमा ओपिडी सेवा (इमर्जेन्सी बाहेक) ठप्प भएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved