डाक्टरहरुको माग अनुसार नै ऐन र नियमावली परिमार्जन गर्ने निर्णय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2017 | 06:04:59 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन र नियमावली परिमार्जन गर्ने भएको छ। असोज ११ गते दिउंसो चिकित्सक संघसंगको छलफलपछी मन्त्रालयले आन्दोलनरत डाक्टरहरुको माग अनुसार नै ऐन र नियमावली परिमार्जन गर्ने निर्णय गरेका हुन्।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभुती दिई कामको वातावरण बनाउनु पनि सरकारको उति नै महत्वपूर्ण जिम्मेवारी हो’ मन्त्री पोखरेलद्धारा जारी आह्वान पत्रमा उल्लेख छ, '‘यही दायित्वलाई बोधगरि नेपाल चिकित्सक संघको माग र मन्त्रीपरिषदको निर्देशनको सारलाई आत्मसात गरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ र सो सम्बन्धि नियमावली २०६९ लाई गथाशक्य चाडो परिस्कृत गर्ने निर्णय गरेको छ।’।'

मन्त्री पोखरेलले चिकित्सक संघका प्रतिनिधि र अन्य सरोकारवालाहरुलाई समावेश गरि समिति गठन भईसकेको जानकारी गराउंदै समितीबाट ऐनको संसोधन मस्यौदा प्राप्त गरी यथाशक्य चांडो मन्त्रिपरिषदमा मस्यौदा बिधेयक लैजाने प्रतिबद्दता व्यक्त गरेका छन। 

मन्त्रि पोखरेलले उक्त निर्णय गर्दै हाल भैरहेको अवरोध हटाई स्वास्थ्य सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न संघलाई आब्हान गरेका छन। 

मन्त्रि पोखरेलले लिखित रुपमै डाक्टरहरुको माग अनुसार नै ऐन र नियमावली परिमार्जन गर्ने प्रतिबद्दता जनाएसंगै असोज २ गते मन्त्रिपरिषद्को बैठकपछी स्वास्थ्य सेवामा उत्पन्न परिस्थित समाधान हुने अपेक्षा गरिएको छ।

  

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved