घुँडा दुखेर हैरान हुनुहुन्छ ? यसरी गर्नुस उपचार–डा महतो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2016 | 10:59:08 AM मा प्रकाशित

laxmi  sunrise bank

डा चन्द्रदीप महतो  (MPT), रचना हार्डजोनी तथा नशा उपचार केन्द्र, लगनखेल घुंडा ‘मोडिफाइड हिन्ज भेराइटी अफ साइनोभिएल ज्वाइन्ट’ अन्र्तगत पर्दछ । अर्थात
१.) मुख्य त यो दुइ वटा हाडले बनेको हुन्छ । फिमर (तिघ्राको हाड ) र टिविया (खुट्टाको हाड)
२.) पटेल्ला (घुँडाको पाङग्रा) घुँडाको अगाडीतिर रहेको हुन्छ र यसले पटेल्लो फेमोरल (patellofemoral)  नामक जोर्नी बनाउँछ ।
३.) घुँडाको जोर्नी भित्र साइनोभिएल फ्लुइड नामक तरल पदार्थ हुन्छ, जसले हाड भित्रको घर्र्षनलाई कम गर्दछ । साथै जोर्नीलाई पोषण पनि प्रदान गर्दछ ।
४.) जेर्नी बनाउँन संग्लन रहेका हाडहरु, कुर्कुरे हाड (कार्टिलेज) ले छोपिएको हुन्छन, जसले हाडबीचको घर्षण कम गर्दछ र जोर्नीलाई लचिलो बनाउँदछ ।
५.) जोर्नी भित्र यस्ता अन्य धेरै बनावटहरु हुन्छन, जसले जोर्नी भित्र घर्षण कम गर्ने र जोर्नीलाई पोषण दिने काम गर्दछ ।

घुडा खिइनु 
घुडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हो । जुन विभिन्न कारणले गर्दा तिब्र हुन्छ र यसले विभिन्न किसिमका समस्याहरु निम्त्याउँछ ।


घुडा खिइने कारणहरु

  • अव्यवस्थीत खानपान
  • चोट पटक वा हड्डी भाँचिनु
  • पोषणयुक्त खानपानको अभाव
  • हड्डीको रोग

घुडा खिइने लक्ष्यणहरु 

  • घुँडा दुख्नु
  • घुँडा सुन्निनु
  • घुँडा बाँङगो देखिनु
  • घुँडा मारेर वा खुम्च्याएर बस्न गार्ह्रो हुनु
  • भुँइबाट उठन गार्ह्रो हुनु
  • सिँढी चढन गार्ह्रो हुनु आदि

घुँडा खिइनुको रोकथामको उपायहरु

  • पौष्टिक आहार खाने
  • घुँडालाई असर पर्ने क्रियाकलापहरु नगर्ने
  • घुँडा मारेर धेरै बेर नबस्ने
  • अनावश्यक रुपमा सिँढी तल माथी नगर्ने
  • घुँडालाई चोटपटक देखि जोगाउने
  • नियमित रुपमा ब्यायाम गर्ने । व्यायामहरु विभिन्न किसिमका हुन्छन, जसको नियमित अभ्यासले घुँडाका समस्या देखि बच्न सकिन्छ ।

घुडाँ खिइएकोमा उपचार

  • फिजियोथेरापी
  • औषधि सेवन
  • शल्यक्रिया

फिजियोथरापी
हाडजोर्नीको समस्याको लागि फिजियोथरापी निकै नै प्रभावकारी र सायड इफेक्ट रहीत पद्धती हो । त्यसले गर्दा यस पद्धतीले आजको दिनमा निकै प्रख्याती पाएको छ । यस पद्धतीबाट घुँडाको उपचारलाई ३ भागमा विभाजन गर्न सकिन्छ ।

एक्सरसाइज थेरापी
म्यानुअल थेरापी
इलेक्ट्रो थेरापी

एक्सरसाइज थेरापी
कसरतहरु पुर्णतया वैज्ञानीक पद्धतीले बनाइएका हुन्छन । जसले गर्दा समस्या अनुसारकै कसरत हुन्छ र यसको अभ्यास गर्नाले दुइ वटा फाइदा हुन्छन् ।
१) समस्या नहुने ब्यक्तिले गर्दा समस्या निम्तिन दिँदैन ।
२) समस्या भएको ब्यक्तिले गर्दा समस्याको सामाधान हुन्छ ।

म्यानुअल थेरापी 
यस पद्धतीबाट कम समयमै दुखाइ कम गर्न सकिन्छ । कतिपय केसमा पेन किलर भन्दा यसले छिटो काम गर्दछ । साथै यसले हड्डी खिइने समस्यालाई पनि रोकथाम गर्दछ ।

इलेक्ट्रो थेरापी 
यसमा विभिन्न उपकरणहरुको प्रयोग हुन्छ । जस्तै

टेन्स थेरापी
अल्ट्रासाउण्ड थेरापी
मोवाइस्ट हिट
लेजर थेरापी आदि

यसका फाइदाहरु

  • दुखाइ कम गर्ने
  • खुम्चिएका नशा, माशपेशी, लिगामेनट आदिलाई सोझो पार्ने ।
  • टिसु रिपेर गर्ने । आदि

औषधी
कतिपय अवस्थामा औषधी सेवन गर्नुपर्ने हुन्छ ।
औषधीको सेवन मुख्यतया दुखाई कम गर्न, हड्डी तथा नशाा बलियो पार्न गरिन्छ ।

सर्जरी (शल्यक्रिया )
यदी घुँडा धेरै नै खिइसकेको छ र दुखाइ धेरै छ, साथै माथीका कुनै उपायहरुले रोगको रोकथाममा  काम गरिरहेको छैन भने अन्तिम उपायका रुपमा सर्जरी गरिन्छ ।

मुख्यतया गरिने सर्जरीहरुमा

  • टोटल नि रिप्पेसमेन्ट (Total Knee Replacement)
  • परर्सियल नि रिप्लेसमेन्ट ( partial knee replacement)
  • आर्थोस्कोपिक सर्जरीे (arthroscopic surgery)
  • रिसर्फेसिगं (resurfacing) आदि ।

अपरेसनपछी फिजियोथेरापीको फाइदा 
अपरेसन गरेपछी घुँडा वरिपरीका मासपेसीहरु कमजोर हुन्छन् । साथै घुँडा जाम हुने सम्भावना हुन्छ । तसर्थ अपरेसन गरेपछि फिजियोथेरापी गर्नु अनिवार्य जस्तो हुन जान्छ ।
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved