नेपाल औषधि उत्पादक संघको अध्यक्षमा दाहाल चयन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 06:24:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा दीपक दाहाल चयन भएका छन्। संघको २३औं वार्षिक साधारणसभाले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा नारायणवहादुर क्षेत्री, उपाध्यक्षमा दीपक प्रधान, महासचिवमा प्रज्वलजंग पाण्डे, कोषाध्यक्ष प्रभात रुंगटा चयन भएका छन्।

साथै सदस्यहरुमा पृथ्वीराज भण्डारी, महेश प्रधान, विप्लव अधिकारी, सन्तोष बराल, सुर्वण जोशी, स्थायी आमन्त्रित सदस्यमा प्रेम जातिया चयन भएका छन्। यसअघि संघको अध्यक्ष शंकर घिमिरे थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved