नर्भिकमा जेसीआई मापदण्डको शल्यक्रिया कक्ष, अर्थमन्त्री कृष्णबहादुर महराले गरे उद्घाटन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2016 | 03:32:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अत्याधुनिक प्रविधिको जेसीआई मापदण्ड बमोजिम निर्माण गरिएको नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित शल्यक्रिया कक्षको बुधबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।

नवनिर्मित शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया कक्षहरू, प्रि एण्ड पोष्ट अपरेटिभ वार्ड, सर्जिकल इन्टेन्सिभ केयर युनिट, बिरामी परामर्श लाउञ्ज, केन्द्रिय निर्मलीकरण विभाग, फार्मेसी, चिकित्सक लाउञ्ज नर्स स्टेशन लगायतका सम्पूर्ण सेवा एउटै तल्लामा रहेको जनाइएको छ। 

शल्यक्रिया कक्ष निर्माणमा प्रयोग भएका प्यानेलहरू अग्नी निवारक, भार बहन गर्ने क्षमता अत्यधिक भएको, टुटफुट नहुने र धातुरहित भएको कार्यक्रममा बताइएको छ।

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नर्भिकको स्तरीय स्वास्थ्य सेवामा नयाँ प्रविधियुक्त सेवा सुविधा थपिँदा सहयोग पुग्ने जनाए । 'स्वास्थ्य क्षेत्रमा भएका तमाम कमी कमजोरी सच्याएर अघि बढ्न नयाँ सरकार तयार छ' उनले भने। 

त्यस्तै सो अवसरमा नर्भिकका अध्यक्ष बसन्त चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा आफ्नै घरदैलोमा पाउनुपर्छ र विश्वकै उत्कृष्ट प्रविधि भित्र्याउनुपर्छ भन्ने आफ्नो पिताको सपना पूरा गर्न आफु बिगत २५ बर्षदेखि लागी परेको बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved