ब्लड ग्रुप अनुसारको उचित खानपान, कुन ब्लड ग्रुप भएकाहरुले कस्तो डाएट खाने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 10:16:11 AM मा प्रकाशित

laxmi  sunrise bank

‘ए‘ ब्लड ग्रुप

यस ब्लड ग्रुप भएका व्याक्तिहरुले मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन बढी सेवन गर्नु उपयुक्त हुन्छ ।यस समूहको मानिसको पाचन शक्ति अन्य तुलनामा कमजोर हुन्छ, जसले दूधबाट बनेको चीज र मांसाहारी खानलाई सजिलै पचाउन सक्दैन । यस्तो अवस्थामा पेट सम्बन्धि विभिन्न समस्याहरूको सम्भावना बनिरहन्छ ।खानामा फलफूल र सागसब्जीको प्रयोग अधिक मात्रामा गर्नुस् । राजमाको सेवन भरसक नगर्दा लाभ हुन्छ । मांसाहारी खाना खाने ईच्छा भएमा रातो मासुको स्थानमा माछा खानु उपयुक्त हुन्छ ।


‘बी‘ ब्लड ग्रुप

यदि तपाई ‘बी’ ब्लड ग्रुपको हुनुहुन्छ भने तपाई सन्तुलित मात्रामा दूध र यसबाट बनेको पदार्थ तथा माछा, मासुको सेवन गर्न सक्नुहुन्छ ।तर केही खाद्य पदार्थ जस्तै: मसुरो, अरहर, तिल, मकै, कोदो र चना आदिको सेवन एकदमै न्यून गर्नुपर्दछ ।अत्यधिक गहुँ र टमाटरको सेवन यस ब्लड ग्रुपका लागि निकै फाइदाजनक हुन्छ ।वजन नियन्त्रण गर्नका लागि मकै, मम्फली, चिकन, गहुँको सेवन गर्नुहुँदैन भने अण्डा, मासु, हरियो सागसब्जी र ग्रीन टी ले वजन बढाउनमा निकै फाइदाजनक हुन्छ ।

‘एबी‘ ब्लड ग्रुप

‘एबी‘ ब्लड ग्रुप भएका मानिसहरुमा ए र बी दुवै ब्लड ग्रुपको लक्षण पाईन्छ ।यो समूहको मानिसले पनि अधिक शाकाहारी भोजन सेवन गर्नुपर्दछ, जसमा फलफूल र सागसब्जी समावेश गर्नुपर्दछ ।सकेसम्म चिकन र मकै जस्ता चीजहरूबाट टाढा रहनुपर्दछ । वजन कम गर्नका लागि रातो मासु र राजमाको सेवन गर्नुहुँदैन ।भुइँकटहर,सोयाबिनको पनीर, सी फूड, डेयरी उत्पादन जस्ता चीजहरू वजन कम गर्नका लागि उत्तम हुन्छ ।

ओ‘ ब्लड ग्रुप

-यदि तपाईको ब्लड ग्रुप ‘ओ’ हो भने तपाईले हाईप्रोटीनयुक्त भोजन सेवन गर्नुपर्दछ । – यस ब्लड ग्रुप भएका मानिसहरुलाई रातो मासु, सी फूड, पालक, ब्रोकोली जस्ता आहराले वजन कम गर्न मद्दत गर्छ । -फलफूल, सागसब्जी तथा कार्बोहाइड्रेटको सेवन तपाईको लागि फाइदाजनक हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved