३३ दिनपछि बल्ल खुल्यो किष्ट मेडिकल कलेज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 02:26:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्दोलनका कारण बिगत ३३ दिनदेखि बन्द भएको किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल मंगलबारदेखि सञ्चालनमा आएको छ। उच्च अदालत पाटनले नर्स र कर्मचारीको आन्दोलनका कारण बन्द रहेको अस्पतालका सबै सेवा तत्काल सञ्चालन गर्न अन्तरिम आदेश आइतबार दिएको थियो। 

अदालतको आदेश पाएसंगै अस्पतालले आजै देखि सेवा सुचारु हुने सुचना प्रकाशित गरेको छ। अस्पतालको सबै सेवा संचालनमा आउने सूचना प्रकाशित भए पश्चात अस्पतालका नर्स तथा कर्मचारीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

अदालतको आदेश आएको र सँगसँगै श्रम मन्त्रालयलाई मध्यस्थता गरी समस्या समाधान गर्न निर्देशन दिएकाले वार्तामार्फत् समस्या समाधान हुने आशाका साथ आन्दोलन स्थगित गरेको कर्मचारी युनियनका उमेश बर्तौलाले बताए। 

विद्यार्थी भर्ना कार्यक्रम आजबाट रोकिएको परीक्षा माघ ५ गतेभित्र हुने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved