स्वास्थ्य मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, हेर्नुहोस् कसले के जिम्मेवारी पाए

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 11:56:13 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक लोहनी रिक्त स्वास्थ्य सेवा विभागमा नियुक्त भएका हुन् । 

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखामा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । नीति तथा योजनामा रहेका डा. श्रीकृष्ण गिरीलाई स्वास्थ्य बीमा बोर्डमा सरुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै परिवार स्वास्थ्य महाशाखाको प्रमुखको जिम्मेवारी डा तारा पोखरेललाई दिएकि छिन् ।

अनुगमन महाशाखा प्रमुख डा. दिपेन्द्र रमण सिंहलाई चिकित्सा महाशाखाको जिम्मेवारी दिँदा अनुगमन महाशाखामा व्यवस्थापन महाशाखाका डा. भीमसिंह टिंकरीलाई ल्याइएको छ । त्यसैगरी व्यवस्थापन महाशाखाको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन् । चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठलाई वीर अस्पताल सरुवा गरिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य सोमबारबाट सेवानिवृत्त भएपछि बीर अस्पतालका डा. केदार सेन्चुरीलाई रिक्त सो पदमा नियुक्त गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved