यस्ता छन् मानिसको आयु कम गर्ने केही कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 06:21:21 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो आयुको चाहना सबैको हुन्छ । तर, दैनिक जीवनमा हामी यस्ता काम गर्दछौ जसले हाम्रो जीवनका केही घण्टा, केही दिन वा केही वर्ष कम हुँदै जाने गर्दछ । तपाई पनि त्यसै त गरिरहनु भएको छैन ? टेलिभिजन ब्रिटिश र्जल अफ स्पोर्टस एण्ड मेडिसिनमा प्रकाशित एउटा रिपोर्ट अनुसार टेलिभिजनको हरेक एक घण्टाले तपाईको जीवनको २२ मिनेट कम गरिदिन्छ । अर्थात यदि तपार्य औषतः हरेक दिन ६ घण्टा टेलिभिजन हेर्नु हुन्छ भने तपाईको जीवनबाट पाँच वर्ष कम हुनेछ ।

सेक्स

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार जुन पुरुषले महिनामा कम्तीमा एक पटक सेक्स गर्दछ । उसको मृत्यु हुने खतरा हप्तामा एकपटक सेक्स गर्ने पुरुषको तुलनामा दुई गुना हुने गर्दछ ।

निद्रा

सुत्नु शरीरका लागि आवश्यक छ । तर, धेरै सत्दा तपाईको उमेर घटाउन पनि सक्छ । आठ घण्टाभन्दा बढी ओछ्यानमा रहँदा फाइदा कम हानी बढी हुने गर्दछ । त्यसैले नियमित सुत्नुस्, आठ घण्टाभन्दा बढी होइन ।

बसिरहनु

के तपाईलाई कार्यालयमा कयौ घण्टा बसिरहनुपर्छ ? जामा इन्टरनल मेडिसिनको अध्ययन अनुसार दिनमा ११ घण्टा बसिरहँदा मृत्युको खतरा ४० प्रतिशत बढ्ने गर्दछ । त्यसैले कामको बिच बिचमा ब्रेक लिनुस र सम्भव भए केहीबेर उभिएर बस्नुस ।

एक्लोपन

मानिसका लागि कसैको साथ हुनु र कसैसँग कुराकानी गर्नु आवश्यक छ। कतिपय मानिस तनावबाट टाढा रहनका लागि एक्लै बस्न मन पराउँछन् । तर उनीहरुले स्वयमलाई खुसीबाट टाढा राखेका हुन्छन् । उनीहरु डिप्रेशनमा जाने सम्भावना बढी हुन्छ ।

बेरोजगारी

१५ देशमा ४० वर्षसम्म दुई करोड मानिसमा गरिएको एउटा शोधका अनुसार बेरोजगार मानिसको अचानक मृत्युको खतरा रोजगार भएका मानिसको तुलनामा ६३ प्रतिशत बढी हुने गर्दछ ।

व्यायम

शरीरलाई व्यायम आवश्यक पर्दछ । तर आवश्यकताभन्दा बढी व्यायम गर्नु पनि स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उत्तम हुनेछ कि चिकित्सक वा फिजिकल ट्रेनरको सुझावको आधारमा व्यायम गर्नुस् ।

लामो विदा

यो सत्य हो कि कामबाट विदा लिनु आवश्यक छ । यसबाट शरीरलाई आराम पनि मिल्ने गर्दछ । तर, धेरै आरम पनि हानिकारक हुन सक्दछ । कामपछि अचानक लामो समयसम्म आराम गर्दा इम्युन सिस्टम कमजोर हुन सक्दछ । -एजेन्सी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved