स्वास्थ्य बिमा २५ जिल्लामा विस्तार, बिमा गर्ने प्रक्रिया र सुविधाहरु हेर्नुहोस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 06:50:47 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष सुरु गरिएको स्वास्थ्य बिमा यस वर्ष विस्तार गरी २५ जिल्लामा पुर्याइएको छ । गत आवमा तीन जिल्लामा मात्र लागू गरिएको उक्त स्वास्थ्य बिमा कार्यक्रम यस वर्ष थप २२ जिल्लामा विस्तार गरिएको हो । आव २०७३÷७४ को बजेटमा तीन वर्षभित्र ७५ जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्य बिमा कसरि गर्ने ?

वार्षिक रु दुई हजार ५०० प्रिमियम तिरेर २५ जिल्लाका सर्वसाधारणले रु ५० हजारसम्मको स्वास्थ्य बिमा गर्न पाउने छन् । पाँच जनासम्मको परिवारले रु दुई हजार ५०० तिरेर परिवार बिमा गर्न पाउनेछन् भने अन्य थप सदस्यले रु ४२५ तिर्नुपर्नेछ ।

के के सुविधा पाइन्छ ?

यो बिमा लागू भएपछि सरकारले २५ शैया सम्मको अस्पतालबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवा र ७० वटासम्म औषधि निःशुल्क प्राप्त गर्ने छन् । सो बिमा कार्यक्रममा सहभागी हुने परिवारले सदस्य बसेको स्थानको वा पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल उल्लेख गर्नुपर्ने र उपचार पनि सोही स्थानमा गर्नुपर्ने व्यवस्था गरेको छ । ती निकायले उपचार गर्न नसकेमा मात्र अन्यत्र जान पाइन्छ । यदि अन्यत्र उपचार गरेमा ५० प्रतिशत आफैँले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved