मोहम्मद अज्मत अलि/बिजपाटी     Aug 30, 2018 | 05:21:53 PM


sunrisebank ruslan

विज्ञान र प्रविधिको विकासले मानिसहरुको जीवन सहज बनाउदै लगेको छ। त्यसमा पनि स्वास्थ्यक्षेत्रमा भएको प्रविधिको विकासले मानिसहरुको स्वास्थ्यमा देखिने समस्याको समाधान समेत सहजतरिकाले गरिदै आएको छ। 

त्यसो त नेपालको स्वास्थ्यक्षेत्र परम्परागत शैलीबाट आधुनिक प्रविधि तर्फ लम्किदै गर्दा शल्यक्रिया गर्ने शैली आजपनि पुरानै तरिकाबाट हुने गरेको छ। बिशेषत बच्चा पाउने बेलामा मात्र ठुलो सर्जरी गरिने भएपनि नेपालमा अन्य अवस्थामा पनि 'बिग' सर्जरी नै गरिदै आएको छ। 

विश्वका अन्य देशहरु पेट नचिरी शल्यक्रिया गर्ने (ल्याप्रोस्कोपी सर्जरी) प्रविधि भन्दा पनि एक कदम अगाडी बढेर 'रोबोटिक सर्जरी' प्रयोगमा ल्याइसकेका छन। तर नेपालमा भने परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने र संकुचित मानसिकताका कारण आजका दिन पनि नगन्य रुपमा  ल्याप्रोस्कोपी सर्जरी (पेट नचिरेर गर्ने अप्रेसन) हुने गरेको पाइएको छ।

सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ। ल्याप्रोस्कोपिक सर्जरी अर्थात दूरबिन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ। यस्तो शल्य चिकित्सा पद्धतिलाई Key Hole सर्जरी वा Pin Hole सर्जरी पनि भन्ने गरिन्छ । यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो।

अत्याधुनिक सर्जरीको विधाको यो सर्जरी बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ। पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबिन पद्धतीबाट गर्न थालिएको छ। त्यस मध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबिन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेका छन्।

बिशेष गरि पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अप्रेरशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेशन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतीबाट सम्भव छ। 

ल्याप्रोस्कोपी सर्जरी (पेट नचिरेर गर्ने अप्रेसन) का माध्यमबाट सबैखाले अप्रेसन गरिन्छ। पेट चिरेर गर्ने अप्रेसन अहिले विश्वका धेरै देशमा बन्द भइ सकेको छ। विश्वका धेरै देशहरुमा स्त्री रोगमा बच्चा बाहिर निकाल्ने बाहेक सबै रोगको अप्रेसन ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट गरिन्छ।

नेपालमा अहिले, अन्य देशमा पहिलेदेखि नै

नेपालमा ल्याप्रोस्कोपी सर्जरीको भर्खर भर्खर मात्र सुरुवात भएको छ । नेपालका लागि यो नयाँ प्रविधि हो। तर बिश्वका अन्य देशहरुमा यसको सुरुवात धेरै पहिले देखि नै भएको पाइन्छ। यो प्रविधिको सुरुवात जर्मन बाट भएको हो । 

यस प्रविधिमा भएको लगातार अध्ययन अनुसन्धानबाट पेट चिरेर गर्ने अप्रेसन भन्दा यो बिधि राम्रो हो भनेर पुष्टि भएको छ। अहिले बिश्वका धेरै देशमा ल्याप्रोस्कोपी सर्जरी (पेट नचिरेर गर्ने अप्रेसन) का माध्यमबाट सबैखाले अप्रेसन गरिन्छ। यसलाई सरल भाषमा कि होल सर्जरी पनि भनिन्छ।

सुरुवातमा खासगरी डाइग्नोसिस्का लागि अल्ट्रासाउण्ड, भिडियो एक्सरे, एमआरआई गरेर सरीरको भित्री अंगहरुमा के रोग लागेको छ भनेर पत्ता लगाइन्थ्यो। जस्तो कसैको पेट दुख्यो वा पेटमा रगत जम्मा भयो भने एउटा क्यामरा पेटको माथि राखेर दुरबिनले हेरेर पत्ता लगाइन्थ्यो । 

तर त्यस बेला अहिलेको जस्तो भिडियो स्क्रिनमा हेर्न सकिदैन थियो । यो प्रविधि समय अनुसार अगाडि बढदै जाँदा सन् १९८० मा यसको विकास अप्रेसन गर्न सकिने अवस्थामा पुग्यो। अहिले ल्याप्रोस्कोपी सर्जरी गर्दा थ्रिडि टिभिको स्क्रिनमा हेरेर गरिन्छ । कतै केहि भएमा टिभिको स्क्रिनमा तुरुन्त देखि हाल्छ ।  

नेपालमा किन यो प्रविधिले प्रोत्साहन पाउन सकेको छैन

मानिसहरुमा जनचेतनाको कमिका कारणले राम्रो हुँदा हुदै पनि यो प्रविधिले ब्यापकता पाउन सकेको छैन। परम्परागत शैलीबाट ठुलो सर्जरी गर्दै आएका डाक्टरहरुले यो प्रविधि अपनाउन 'इच्छा' नदेखाएकाले समेत सर्वसाधारणसम्म यस प्रविधिबारे प्रचार प्रसार हुन सकेको छैन। अर्को तर्फ पुरानो तरिकाले ठुलो सर्जरी गर्दै आएका डाक्टरहरुमा यो प्रविधिको विस्तारले आफ्नो रोजी रोटि खोसिने डरका कारण उनीहरुले यस प्रविधिलाई प्राथमिकतामा नराख्दा सर्वसाधारणमा जनचेतना पुग्न सकेको छैन।

यस बिधि बाट पाठेघर तथा पत्थरीको अप्रेसन गर्दा पुर्णरुपमा ठिक हुदैन भनेर आम मानिसमा हल्ला फिजाईएकाले समेत यस बिधि प्रति सर्वसाधारण बिश्वस्त हुन सकेका छैनन।   

नेपालमा कहाँ कहिलेबाट सुरु भयो ?  

यस्तो प्रविधिको सुरुवात नेपालका केहि नगन्य अस्पतालमा सुरु गरिएको छ। अल्का अस्पतालले समेत ल्याप्रोस्कोपी सर्जरी गरि रहेको छ। नयाँ प्रविधिको उपयोग सबै जनताले गर्न पाउन भनेर डा. रंगीना लाइकङ्गबमले अल्का अस्पतालबाट यस्तो सर्जरीको सुरुवात गरेकी हुन। 

अल्का अस्पतालमा पेट खोलेर गरिने तथा पाटेघरको सबै अप्रेसन ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट भइ रहेको छ । नेपाल सरकारले भर्खरै स्वास्थ्य बिमा सुबिधा ल्याएको छ। यो राम्रो कुरा हो। तर जबसम्म राम्रो प्रविधि सहितको उपचार दिन सकिदैन तबसम्म बिमाले मात्र नेपालीहरु लाभान्वित हुन नसक्ने देखिन्छ। 

पुरानो प्रविधि र ल्याप्रोस्कोपी सर्जरीमा फरक

पुरानो प्रविधिबाट अप्रेसन गर्दा बिरामी लाई बेहोस पारेर जुन अब्गमा ट्युमर वा समस्या छ, त्यसको माथि १० सेण्टी मिटर चिरेर गरिन्छ । छालाको ४÷५ तहलाई चिर्दै उपचार गर्नु पर्ने अब्गसम्म पुगे पछि हातले औजारहरु चलाएर अप्रेसन गरिन्छ । ल्याप्रोस्कोपी सर्जरी गर्दा अप्रेसन गर्ने अंग माथि १ सेण्टी मिटरको प्वाल पारेर क्यामरा छिराइन्छ । जस्तो पेट भित्रको अब्गको अप्रेसन गर्दा पेट भित्र छिराइएको क्यामरालाई घुमाएर सबै अंगको अवस्थालाई हेरिन्छ । त्यस पछि अप्रेसन गर्ने अंगको माथि अरु आधा आधा सेण्टिमिटरका २÷३ ओटा प्वाल पारेर औजारहरु छिराइन्छ र अप्रेसन गरिन्छ ।

क्यामेरा छिराएर भित्रको दृष्य (अण्डरभिजन) हेरेर कुन ठाँउबाट कुन एब्गलबाट औजार छिराउनु पर्ने हो, त्यो ठाँउ पत्ता लगाइन्छ। साथै औजार छिराउने छाला माथि प्वाइण्ट बनाइन्छ र औजार छिराउने गरिन्छ । ती औजारहरु हातले नै बाहिर बाट चलाएर अपे्रसन गरिन्छ ।

फाइदाहरु

-पुरानो बिधिबाट अप्रेसनमा गर्दा १० सेण्टीमिटर चिर्नु पर्छ । तर ल्याप्रोस्कोपी बिधिबाट सर्जरी गर्दा १ सेण्टी मिटर चिरे पुग्छ । जसले गर्दा घाउ छिटो ठिक हुनुका साथै त्यसको दाग हराएर पनि जान्छ ।

-कम चिर्ने भएका कारण रगत कम बगेर जान्छ ।

-सानो घाउ हुने भएकाले अप्रेसन गरे पछि हुने दुखाई कम हुन्छ ।

-अपे्रसन गरे पछि भित्र काटेको घाउ तथा बाहिरको छाला संक्रमण भएर घाउ नपाकोस भनेर एण्टीबायोटिक औषधि चलाउनु पर्ने हुन्छ । कम चिरेको कारणले एण्टीबायोटिक तथा दुखाई कम गर्ने औषधि पनि कम चलाए पुग्छ । प्राय हामीले यी औषधि चलाउदै चलाउदैनौ ।

-यो अप्रेसन गरे पछि बिरामी छिटो ठिक हुने भएकाले अस्पताल पनि कम बसे पुग्छ । हामीले आजकाल बिहान गरेको अप्रेसनको बुलुकासम्म डिस्चार्ज गरि सक्छौ ।

स्त्री रोग र ल्याप्रोस्कोपी सर्जरी

स्त्री रोगको यस बिधिबाट सर्जरी गर्ने कुरामा हामी धेरै नै पछाडी छ । पाठेघरमा ट्युमर पलाउदा तथा एउटा निस्चित उमेर पछि हर्मोनको कमिले महिलाको पाठेघरबाट धेरै रगत बगेमा ल्याप्रोस्कोपी सर्जरीका माध्यम बाट उपचार गर्न सकिन्छ । डाक्टरले औषधिले ठिक नहुने र अप्रेसन गर्नु पर्छ भनेमा मात्र सर्जरी गरिन्छ । त्यस्तै, डिम्बमा ट्युमर पलाएको, पाठेघरमा बच्चा नबसेर डिम्ब वा नलिमा बच्चा बसेको छ भनेपेट चिरेर अप्रेसन गर्दा पछि बच्चा पाउने बेला पनि अप्रेसन गर्नु परयो भने समस्या हुने गर्छ । तर ल्याप्रोस्कोपी सर्जरी (कि होल सर्जरी) का माध्यम बाट सर्जरी गर्दा त्यस्तो समस्या आउदैन ।

ल्याप्रोस्कोपी सर्जरी नेपालमै हुन्छ भनेर धेरै महिलाहरु लाई थाहा नै छैन। नेपालमा एमबिबिएस, एमडी पढने बेला ल्याप्रोस्कोपी सर्जरीका बारेमा अलि अलि जानकारी पाए पनि त्यस सम्बन्धि प्रयोगात्मक तरीकाले सिक्ने मौका पाएको थिइन । तर म डाक्टर भइ सके पछि जनतालाई सधैभरी पुरानो प्रविधिमै आधारित सेवा होइन नयाँ नयाँ प्रविधि भित्राएर सेवा दिनु पर्छ भनेर भारतको एम्स अस्पतालमा गएर ल्याप्रोस्कोपी सर्जरी सम्बन्धि तालिम लिएर फर्किएकी हुँ। - डा. रंगीना लाइकङ्गबम

जनचेतना फैलाउन के गर्नुपर्छ ?

नेपालका धेरै सिनिएर डक्टरहरुले पुरानो प्रविधिलाई चाँडै छोडन नचाहेको देखिन्छ। यसका लागि डाक्टरहरुले पनि आफै तथा सस्थागतरुपमा नयाँ प्रविधि सिक्न तथा नेपालमा भित्राउन पहल गर्नु पर्ने देखिन्छ । पेट चिरेर गर्ने अप्रसनले बिरामिको जटिलता बढाँउछ भन्ने थाहा पाउदा पाउदै पनि धेरै डाक्टरहरुले यस तर्फ नसोच्दा बिरामी माथि नै अन्याय भएको त छैन ?

यो सुबिधा धेरै अस्पतालमा बिस्तार गर्नु पर्ने आवस्यकता छ। यसका लागि सरकारले पनि सरकारी तथा निजि अस्पतालका डक्टरहरुलाई बिदेशमा गएर तालिम लिने ब्यवस्था मिलाउनु पर्छ। 

यस बिधिबाट अप्रेसन गर्दा थ्रिडि टिभिको स्क्रिनमा हेरेर गरिएको हुन्छ । कतै केहि भएमा टिभिको स्क्रिनमा तुरुन्त देखि हाल्छ । पेट चिरेर गर्ने अप्रेसन २१ औं सताब्दी आएसँगै अब बिस्थापित गर्नु पर्छ। यसका बारेमा डाक्टर तथा सरकार मिलेर आम जनतामा जनचेतना फैलाउने काम गर्नु पर्छ। 

नेपालमा यो प्रविधि बाट सर्जरी सुरु भइ सकेको छ भनेर जनचेतना फैलाउन नसक्दा अहिले पनि यस प्रविधिको बारेमा थाहा पाउने मानिसहरु नेपालमा यस्तो प्रविधि छैन भनेर भारतमा जाने गरेको पाइन्छ। त्यसैले यस बिधिबारे सर्वसाधारणलाई जानकारी गराउन सबै सरोकारवालाहरु लाग्नुपर्छ। 

(कन्सल्टेण्ट, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रंगीना लाइकङ्गबमसंगको कुराकानीमा आधारित)

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali










Close in 7