भयो सहमति, अस्पताल बन्दको कार्यक्रम सोमबारसम्म स्थगित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 08:51:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार र नेपाल चिकित्सक संघबीच मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनेपछि अस्पताल बन्दको कार्यक्रम एक साताको लागि स्थगित गरिएको छ। 

सरकारले मुलुकी अपराध ऐन ५ बुँदामा संशोधन गर्ने सहमति जनाएकाले आगामी सोमबारसम्मका लागि अस्पताल बन्दको कार्यक्रमलाई स्थगित गरिएको चिकित्सक संघले जनाएको छ। संशोधन गर्नुपर्ने बुँदामा सहमति भएकाले त्यो समयसम्म कुर्ने भन्दै एक साताका लागि आन्दोलनको कार्यक्रम स्थगित गरिएको संघका महासचिव डा लोचन कार्कीले बताए। 

आगामी सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने र उक्त बैठकले अहिले भएको सहमितका बुँदा मन्त्रीपरिषदबाट पास भएर संसदमा जाने भएकाले एकसाताको समय दिईएको कार्कीले बताए। ऐन संशोधनको विषय संसदको कार्यक्षेत्र भित्र भएका कारण सहमितका बुँदा मन्त्रीपरिषदबाट पास भएर संसदमा जाने निश्चित भएपछी मात्र डाक्टरहरुको आन्दोलन रोकिने उनले बताए।   

अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गर्ने कार्यक्रमलाई सोमबारसम्म सारिएपनि अन्य दबाबका कार्यक्रम भने यथावत नै राखेको संघले जनाएको छ।सोमबार मन्त्रीपरिषदबाट सहमति पास भएन भने पुनः अस्पताल बन्द हुने संघद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। सरकारका तर्फबाट वार्ताको नेतृत्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले गरेका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved