केसीको पक्षमा चिकित्सकहरूले सुरू गरे रिले अनसन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 01:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरू गरेका छन् । पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले बिलम्ब गरेको भन्दै नेपाल चिकित्सक संघले रिले अनसन सुरू गरेको हो ।

अनसन बसेपनि सेवा सञ्चालन प्रभावित हुन नदिने संघले जनाएको छ । आलोपालो बसेर सेवा प्रभावित हुन नदिने संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिए । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्नासमेत दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved