विशेषज्ञ चिकित्सक बिहिन उपक्षेत्रीय अस्पताल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 02:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । 

अस्पतालमा भएका डाक्टर लामो समय बिदा तथा काज सरुवामा जाने भएकाले उपचारमा समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य सात जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल, नेपालगञ्ज तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि जान बाध्य छन् । 

मेडिकल अफिसरकै दरबन्दीमा आफै काम गरिरहेको विशेषज्ञ डाक्टरका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि डाक्टर नपठाइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा जीतेन्द्र कँडेलले बताए । विशेषज्ञ नहुँदा क्षेत्रीय अस्पतालमा उपचार गर्नै समस्या हुने गरेको उनि बताउछन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved