जुस पिएर डा. केसीले अनसन तोडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 07:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

२४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले पूर्व प्रधानन्यायधीश शुशिला कार्की र पुर्व सभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका छन। शुक्रबार साँझ (माघ १८) ७ बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर उनले कार्कीको हातबाट जुस पिएर अनसन तोडेका हुन।  

समर्थकहरुको न्यून समर्थन र नागरिक समाजका अगुवाहरुले विधेयक पास भइसकेकाले तत्काल अनसन स्थगित गरी दबाबका अन्य उपाय अपनाउन दबाबदिएपछि केसीले अनसन टुग्यांउने निर्णय लिएका हुन्।

केसीलाई शुक्रवार  पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की, प्रा डा भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले डा केसीलाई भेटेर आमरण अनसनलाई पुनर्विचार गर्न आग्रह गरेका थिए। 

सरकारले केसीका अधिकांश माग समाबेश गरि चिकित्सा शिक्षा बिधेयक पास गरेपछि केसीले अनसन बस्नु नसुहाउने कार्य भएको भन्दै शुभेच्छुकले  नै केसीलाई अनसन तोड्न दबाब दिएका हुन। 

डा. केसीले पत्रकार सम्मेलन गर्दै


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved