चिकित्सकद्धारा देशभरका अस्पतालहरुको सेवा बहिष्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 01:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी चिकित्सकहरुले देशभरका अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आन्दोलन गर्दै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । उनीहरुले वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरे ।

स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याइएको ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालका सेवाहरु बहिष्कार गर्नुपरेको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

सरकारी चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन १ महिनादेखी आन्दोलन गर्दै आएका छन् । चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved