ड़ा सैयदले निशुल्क शल्यकृया गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 10:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

देशका बिभिन्न भाग पुगी निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका स्वास्थ्य र समाजसेवाको क्षेत्रका चर्चित चिकित्सक डा. मनोर दिन सैयदले निशुल्क सल्यकृया सेवा दिने भएका छन। 

बालचन्दनपुर १० चन्द्रपुरमा हुन लागेको निशुल्क स्वास्थ्य शिबिरमा आउने न्युन आय भएका खासगरि आङ खसेका महिलाहरुलाइ ड़ा सैयदले  आफु कार्यरत स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालमा ल्याई निशुल्क शल्यकृया सेवा दिने अस्पतालका प्रसाशक राम प्रसाद गजुरेलले बिजपाटीलाई बताए।

केहि महिनामात्रै बिकट संखुवासभा पुगेका ड़ा सैयदले आउने शनिबार तराई क्षेत्रको रौतहट पुगी निशुल्क स्वास्थ्य सेवा दिने अस्पतालका प्रशासक गजुरेलले बताए। उनकाअनुसार ड़ा सैयदले निशुल्क स्वास्थ्य शिबिर संचालन गर्न लागेको १० बर्ष नाघी सकेको छ।  

निशुल्क शिबिरमा सामान्य चिकित्सा,स्त्री तथा प्रसुती ,बालरोग लगायतका उपचारका लागि मनमोहन स्वयम्भु बाट चिकित्सक टोलि जान लागेको गजुरेले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved