पुर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2019 | 04:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारिको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको खबर प्राप्त भएको छ। चिन्ताजनक अवस्थामा पुगेपछि  अधिकारीलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन अस्पतालले पत्रकार सम्मेलन डाकेको छ। लामो समयदेखि छातीको संक्रमणबाट पिडित अधिकारी गत पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

मनमोहन सरकारमा अर्थमन्त्री रहेका बेला एमालेका नेता भरतमोहन अधिकारीले २०५९ सालमा ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सय रुपैयाँ भत्ता दिएर यसको शुरुवात गरेको थियो। सरकारले अहिले ६५ बर्ष नाघेकाहरुलाई बृद्धभत्ताबापत मासिक दुई हजार रुपैंया उपलब्ध गराउँदै आएको छ। त्यस्तै अधिकारीकै पालामा आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ अभियान सुरु भएको हो। 

अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसकेका छन।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved