अस्पताल भन्छ- 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर...'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2019 | 05:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। तीन सातादेखि उपचार भैरहेको ह्याम्स अस्पतालले आज एक पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको जानकारी गराएको हो। 

अस्पतालकाअनुसार अधिकारीको महत्त्वपूर्ण अंगले काम गर्न छाडेको छ। 'पछिल्लो २४ घण्टादेखि पिसाब भएको छैन, सम्पूर्ण प्रयासका बावजुद उहाँ (अधिकारी) लाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ, अहिले सजिलो बनाउने उपचार गरिरहेका छौँ' अस्पतालले भनेको छ।

लामो समयदेखि छातीको संक्रमणबाट पिडित अधिकारी गत पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उनको अवस्था चिन्ताजनक बनेपछि ह्याम्स अस्पताल लगिएको हो।   

मनमोहन सरकारमा अर्थमन्त्री रहेका बेला एमालेका नेता भरतमोहन अधिकारीले २०५९ सालमा ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सय रुपैयाँ भत्ता दिएर यसको शुरुवात गरेको थियो। सरकारले अहिले ६५ बर्ष नाघेकाहरुलाई बृद्धभत्ताबापत मासिक दुई हजार रुपैंया उपलब्ध गराउँदै आएको छ। त्यस्तै अधिकारीकै पालामा आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ अभियान सुरु भएको हो। 

अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसकेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved