स्वास्थ्यको लागि इ-सिगरेट पनि घातक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2019 | 03:44:26 PM मा प्रकाशित

laxmi  sunrise bank

धुम्रपान स्वास्थ्यको लागी हानिकारक छ भन्ने थाहा हुदा हुदै पनि यसको सेवन गर्नेको संख्या दिनानुदिन बढिरहेका छ । अहिले यसको बिकल्पको रुपमा   सुरक्षित भनिएको विद्युतीय चुरोटअर्थात् इ सिगरेटलाइ बजारमा आएको छ । यसको प्रयोगकर्ताको संख्या बढ्दो क्रममा छ । यसका उत्पादक र प्रयोगकर्ता यसले स्वास्थ्यमा कुनै असर नगर्ने दाबी गर्छन ।

तर हालैको एक अनुसन्धानले यसको बारेमा पनि केही सनसनिपुर्ण खुलासा गरेको छ । कन्स बिस्वबिद्यालयले अमेरिकाको एक शहरमा इ सिगरेट प्रयोग गर्ने ९६ हजार ४ सय ६७ व्यक्तिमा गरेको सर्बेक्षणले ई सिगरेटको प्रयोग पनि घातक भएको देखाएको छ । अनुसन्धानले इ सिग्रेट प्रयोग गर्ने प्रयोगकर्तामा डिप्रेशनको सम्भावना दोब्बरले बढी हुने  र हृदयघातको सम्भावना ५६ प्रतिशतले बढी हुने देखाएको छ । इ सिगरेटमा  सामान्य चुरोटमा भन्दा बढी केमिकल हुने पनि देखिएको छ । जसको कारण प्रयोगकर्ताको ब्लड प्रेसर सामान्य भन्दा ज्यादा बढ्छ । यसमा अनुसन्धानमा गरेका महिन्द्र बिद्यालका अनुसार सिगरेटको प्रयोग थोरै गरे पनि हृदयघातको सम्भाबना उति नै हुन्छ ।

अनुसन्धानकर्ताले प्रयोगकर्तामा रहेको भ्रम चिर्न अनुसन्धान गरेको बताएका छन् । अनुसन्त्रानकर्ताले इ सिग्रेटले फैलाएको गलत प्रचारको बिरुद्धमा चेतना फैलाएर यसलाई रोक्नुपर्ने सुझाव पनि दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved