इन्सेक्ट कलेक्टर टोली नमुना सङ्कलन गरेर फर्कियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 12:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

डेङ्गु, मलेरिया लगायत किटाणुजन्य रोगको अनुसन्धानका लागि चितवन आएको विज्ञको अध्ययन टोली नमुना सङ्कलन गरेर तीन दिनपछि फर्किएको छ । अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशि पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टर सहितको टोली चितवन आएर तीन दिनसम्म अनुसन्धान गरेको थियो ।

चितवनको पटिहानीमा टोलीले भेक्टर सर्भे गरेर लामखुट्टे तथा भुसुनाको नमुना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । किटाणुजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन गर्न टोली आएको कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए।

चितवनको पटिहानीमा अघिल्लो आर्थिक वर्षमा डेङ्गु रोगका कारण एकजनाको ज्यान गएको क्षेत्रमा गएर टोलीले सर्भे गरेको हो। मुख्यगरी डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययनका लागि टोली आएको थियो । प्रयोगशालामा परीक्षण पछि अवस्था थाहा हुने टोलीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved