के हो पाइल्स ? कसरी हुन्छ ? निको पार्न के गर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2016 | 05:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

यदि तपाईलाई दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कनेजस्ता समस्या छ भने पाइल्स (अर्ब वा बबासिर) भएको हुन सक्छ ।

आजकाल बढ्दै गएको व्यस्तता र अन्य विभिन्न कारणले लामो समयसम्म दिसा रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा पाइल्स हुने खतरा बढाउने चिकित्सकको भनाइ छ ।

यो रोगको समयमै उपचार गरेको खण्डमा निको हुन्छ । तर समयमा नै उपचार नगरिए यसले निकै दुःख दिने चिकित्सक बताउँछन् । आयुर्वेद चिकित्सक डा हरिशरण अर्याल सामान्यतया पाइल्स चार चरणको हुने बताउँछन् । पहिलो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिबाट निको पार्न सकिन्छ ।

दोस्रो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र पछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने र रगत आउने समस्या हुन्छ । यो अवस्थामा लामो समय औषधि सेवन गरी निको पार्न सकिने उहाँको भनाइ छ ।

तेस्रो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ, आफैँ भित्र जाँदैन । यस्तो अवस्थामा औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यो अवस्थामा पुगेको पाइल्सलाई औषधिले निको नहुने भएकाले शल्यक्रियाबाट नै उपचार गर्नुपर्ने डा अर्याल बताउँछन् ।

चौथो चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ । साथै, अत्यधिक दुखाई र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थालेर र सङ्क्रमण सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्युसम्म हुने खतरा रहन्छ ।

उनले यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको बताउँदै शल्यक्रिया गरेका बिरामीमा ३० देखि ४० प्रतिशतमा दोहोरिने बताए । समयमै उपचार गरेमा पाइल्सबाट मुक्त हुन सकिने चिकित्सकको अनुभव छ ।

तर यस्तो समस्या भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच, पिरो खानेकुरा नखाने र माछामासु कम खाने, हरियो सागपात अनि फलफूल दैनिकजसो खाने, दिनमा तीनदेखि पाँच लिटरसम्म पानी पिउने गर्दा लाभ मिल्ने डा अर्यालको सुझाव छ । यस्तो समस्या भएमा समयमै चिकित्सक कहाँ गई उपचार गराउने पनि गर्नुपर्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved