एचआइभी एड्सको सङ्क्रमणबाट १३१ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 01:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।

“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन्।” उनले भने – “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।

सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । “प्रभावित बिरामीलाई निःशुल्क औषधोपचारका लागि पनि महाकाली अञ्चल अस्पतालमा छुटृै व्यवस्था गरिएको छ।” सूचना अधिकृत जोशीले भने– “बिरामीलाई आयु बढाउने लगायतका औषधि प्रदान गरिँदै आएको छ ।”

त्यसैगरी विश्व एड्स दिवसका अवसरमा आज जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सङ्घ संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved