भारतले रोक्यो कोरोना लागेपछि चाहिने अत्यावश्यक औषधि, सरकार भन्छ 'आत्तिनु पर्दैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 01:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालसँग पर्याप्त औषधि मौज्दात रहेकोले नआत्तिन आग्रह गरेको छ । भारतले २ दर्जन बढी औषधिको निर्यात रोकेसंगै नेपालमा औषधि अभाव हुने चिन्ताका बीच सरकारले  औषधि मौज्दात रहेकोले नआत्तिन आग्रह गरेको हो। 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि ब्यबस्था विभागका औषधि ब्यबस्थापक तथा प्रबक्ता सन्तोष केसीले ४ महिनासम्मलाई पुग्ने औषधि नेपालसंग रहेकोले आत्तिनु नपर्ने बताएका हुन् । भारतले औषधि निर्यात रोक्ने निर्णय गरेसंगै विभाग र औषधि उत्पादकबीच बुधबार छलफल भएको थियो   छलफलले कम्तिमा ४ महिनालाई पुग्ने औषधि नेपालसँग मौज्दात रहेको र भारतले रोकेका मध्ये अधिकांश औषधि नेपाल मै उत्पादन हुने भएकोले समस्या नहुने निष्कर्ष निकालेको हो  

छलफलमा नेपाली उत्पादकहरुले भारतले ति औषधि रोकेपनि नेपाल मै त्यसको उत्पादन भईरहेकोले औषधि अभाव नहुने बताएका हुन् यद्यपि इन्जेक्सन प्यारासिटामोल भने नेपालमा उत्पादन नहुने भएकोले मौज्दात सकिन लाग्दासम्म निर्यात नखुले अन्य देशको विकल्प खोज्नु पर्ने उत्पादकहरुले बताएका छन् भारतबाट ल्याउन नसकेको खण्डमा अस्ट्रेलिया, जर्मनी, डेनमार्क लगायतका देशबाट इन्जेक्सन प्यारासिटामोल ल्याउने तयारी छ

भारतले कोरोना भाइरस लागेपछि आवश्यक पर्ने २ दर्जन बढी औषधिको निर्यात रोकेको हो । भारत मै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि आफुलाई नै अभाव हुने अवस्था आउँन नदिन भारतले ति औषधिको निर्यात रोकेको हो  

भारतले पनि ति औषधि बनाउनलाई आवश्यक पर्ने कच्चा पदार्थ चीनबाट ल्याउने गरेको छ चीन आफै कोरोना भाइरसले प्रभावित भएपछि अहिले कच्चा पदार्थ समेत आउँन रोकिएको छ कच्चा पदार्थ नै रोकिएको र थप उत्पादन हुने क्रम कम भएकोले भारतले निर्यात रोकेको हो

वाणिज्य तथा आपूर्ति विभागले भने समस्या परेको खण्डमा भारतसंग औपचारिक रुपमा छलफल गर्न सकिने जनाएको छ   अन्य देशको तुलनामा नेपाललाई थोरै मात्र औषधि आवश्यक पर्ने भएकोले समस्या परे ति औषधि ल्याउन सकिने विभागको विश्वास छ

नेपाल औषधि थोक व्यबसायी संघका अध्यक्ष शिवराज बास्कोटा सरकार, उत्पादक र व्यवसायीबीच समन्वय भए औषधि अभाव नहुने बताउछन् । तर मास्कमा र स्यानिटाईजरमा जस्तै कालोबजारी हुन् थाल्यो भने अभाव हुन् सक्ने उनी बताउछन् । उनी भन्छन् ‘ राज्यको दायित्वमा धेरै निर्भर गर्छ, राज्यले कालोबजारी रोक्न सक्यो र व्यबसायीले मानवीयता देखाए भने कुनै औषधिको पनि अभाव हुदैन’ तर राज्यले अहिले कालोबजारी रोक्न नसकेको उनको भनाई छ

कालोबजारी नहुने र समन्वय हुने हो भने नेपाली उद्योग आफै ति औषधि उत्पादन गर्न सक्षम गरेको र भारतले औषधि रोक्दा केहि पनि असर नगर्ने उनी बताउछन् उनी भन्छन् ‘राज्यले आफ्नो दयित्व पुरा गर्नु पर्यो, कच्चा पदार्थको ग्यारेन्टी गर्नु पर्यो, पर्याप्त औषधि नेपाल मै बन्छ’ । 

उनले नेपालमा कोरोना ब्यापक रुपमा फैलिएको जस्तो गरी प्रचार भएको भन्दै सामाजिक संजाल मार्फत त्रास नफैलाउन समेत आग्रह गरेका छन् ।  

यो पनि : 

'भारतले औषधि रोक्दैमा चिन्तित हुनु पर्दैन'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved