'भारतले कोरोना सम्बन्धि औषधि रोक्दैमा चिन्तित हुनु पर्दैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 01:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि उत्पादकहरुले भारतले निर्यात रोकेपनि नेपालमा औषधिको अभाव नहुने भएकोले चिन्तित नहुन आग्रह गरेका छन् । सन् १९९९ देखि नेपालमा औषधि उत्पादन गर्दै आएको क्वेस्ट फर्मा सुटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठले नेपाल मै पर्याप्त मौज्दात रहेकोले चिन्तित नहुन आग्रह गरेका हुन् ।

नेपालमा थोक ब्यापारी र खुद्रा ब्यापारीसँग ३ महिनाको लागि पुग्ने मौज्दात रहेको उत्पादकसंग ३ महिनालाई पुग्ने मौज्दात रहेकोले ६ महिनाको लागि चिन्तित हुनु नपर्ने उनले बताएका हुन् । उनले भारतले रोकेको एउटा बाहेक सबै औषधि नेपालमा नै उत्पादन हुने भएकोले आत्तिनु पर्ने स्थिति नरहेको बताएका हुन् । 

उनका अनुसार इन्जेक्सन प्यारासिटामोल बाहेक अरु सबै औषधि नेपालमा हुन्छ । इन्जेक्सन भने भारतबाट ल्याउन नसकिएको अवस्थामा अष्ट्रेलिया, जर्मनी, डेनमार्क लगायतका देशबाट ल्याउने विकल्प खुला रहेको बताए । उनले भने 'यी देशबाट ल्याउँदा भारतको तुलनामा लागत केहि महँगो पर्न जान्छ, तर आवश्यक परेको बेला जस्तो सुकै अवस्थामा सेवा गर्न तयार रहनु पर्छ, अभाव हुन् दिंदैनौ ' ।

भारतले जस्तै नेपालले पनि चीनबाट कच्चा पदार्थ ल्याएर औषधि उत्पादन गर्ने गरेको उनले बताए । चीनबाट कच्चा पदार्थको आयात ठप्प भएको नभई कम मात्र भएकोले उत्पादन निरन्तर भईरहेको उनले बताए ।

भारतले कोरोना भाइरस लागेपछि आवश्यक पर्ने २ दर्जन बढी औषधिको निर्यात रोकेको हो । भारत मै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि आफुलाई नै अभाव हुने अवस्था आउँन नदिन भारतले ति औषधिको निर्यात रोकेको हो  

भारतले पनि ति औषधि बनाउनलाई आवश्यक पर्ने कच्चा पदार्थ चीनबाट ल्याउने गरेको छ  चीन आफै कोरोना भाइरसले प्रभावित भएपछि अहिले कच्चा पदार्थ समेत आउँन रोकिएको छ  कच्चा पदार्थ नै रोकिएको र थप उत्पादन हुने क्रम कम भएकोले भारतले निर्यात रोकेको हो 

यो पनि : 

भारतले रोक्यो कोरोना लागेपछि चाहिने अत्यावश्यक औषधि, सरकार भन्छ 'आत्तिनु पर्दैन'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved