आइसोलेसनमा राखिएका युवकको मृत्युको कारण खुल्यो, कोरोना पुष्टि हुन बाँकी

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Mar 24, 2020 | 12:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको अरु नै रोगका कारण मृत्यु भएको पुष्टि भएको छ। आज बिहान साढे ९  बजे मृत्यु भएका वीरगन्जका ३० वर्षीया ति युवकको रक्त अल्पत्ताका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। 

उनको उपचारमा संलग्न चिकित्सक डा भोजराज अधिकारिकाअनुसार मृत्यु हुने ती युवक उच्च ज्वरो र रुघाखोकीले ग्रसित ग्रसित थिए भने उनि पछिल्लो २ बर्षदेखि रक्त अल्पत्ताका बिरामी थिए। 

अस्पतालकाअनुसार कोरोना भएको आशंकामा उपचारका लागि राति अस्पतताल आइपुगेका ति युवकलाई राति १० बजे भर्ना गरिएको र राति नै उनको स्वाब (नमुना संकलन) परिक्षणका लागि काठमाडौं पठाइएको थियो। १० गते दिउँसो ति युवकको स्वाशप्रश्वासमा समस्या आएपछि उनलाई आइसीयुमा राखिएको थियो।   

समस्या बढ्दै जाँदा र स्वास्थ्यमा सुधार नहुँदा आज बिहान साढे ९ बजे मात्रै अस्पतालले ति युवकको मृत्यु भएको घोषणा गरेको डा भोजराज अधिकारिले जनाएका छन। 

ति युवकमा कोरोना संक्रमण भए नभएको विषयमा भने रिपोर्ट आउन बाँकी नै रहेकाले  ति युवकको मृत शरीर सुरक्षित साथ आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved