कोरोनाको उपचार गर्न निजी अस्पताल तयार, कुन अस्पतालको तयारी कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 03:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको जोखिम बढिरहेका बेला निजी क्षेत्रका अस्पतालहरुको छाता संगठन 'एसोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन' (अफिन) ले सबै सदस्य अस्पताललाई सेवा दत्तचित्त भएर लाग्न निर्देशन दिएको छ । 

अफिनले आज बिहिबार एक बिज्ञप्ति नै जारी गरी संक्रमणको रोकथाम, नियन्त्रण र हुनसक्ने भवितब्यप्रति सचेत भै संक्रमित बिरामीहरुको उपचारार्थ पूर्ण तयारी अवस्थामा रहन निजी स्वास्थ्य क्षेत्रबाट संचालित सबै अस्पतालहरुलाई अपिल गरेको हो। 

नर्भिक अस्पतालका बसन्त कुमार चौधरी अध्यक्ष रहेको अफिनले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयमा गठित समितिबाट तोकिएका निजी अस्पतालहरुमा संक्रमित बिरामीहरुको उपचारार्थ आइसियू, फिबर क्लिनिक र आइसोलेसन कक्षको व्यवस्थापन गरी तयारी अवस्थामा रहेकोसमेत दाबी गरेको छ ।

सरकारले कोरोनाकै उपचारका लागि ८ वटा निजी क्षेत्रका अस्पताल तोकेको छ । अफिनले ती अस्पतालको तयारी पनि सार्वजनिक गरेको छ । 

कुन अस्तालको अवस्था कस्तो ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved