देशभर एक सय व्यक्ति आईसोलेसनमा, ९ हजार बढी क्वारेनटाईनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 04:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देश भर एक सयजना आईसोलेसनमा रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सयजना आईसोलेसनमा रहेको जनाएको हो ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले काठमाडौँ उपत्यकामा १६ जना र उपत्यका बाहिर गरी कुल १०० जना आईसोलेसनमा रहेको बताएका हुन् । उनका देशभर ९ हजार २ सय २८ जना क्वारेनटाईनमा छन् ।

त्यस्तै मन्त्रालयले संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने कार्य अर्थात् कन्ट्याक्ट ट्रेसिङको काम ९० प्रतिशत सकिएको जनाएको छ । मन्त्रालयका अनुसार हाल कुनै नयाँ संक्रमित फेला परेका छैनन् । हालसम्म ९ जनामा संक्रमित देखिएकोमा १ जना उपचारपछि निको भएका छन् । बाँकि ८ जनाको उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved