'र्यापिड टेस्टको ३० प्रतिशत रिपोर्ट गलत हुन्छ, नेगेटिभ देखिनेले पनि रोग सार्न सक्छ' : डा. पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 10:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेले कोरोना भाइरस परिक्षणको प्रयोग हुदै आएको र्यापिड डायगोनेस्टिक (आरडिटी) टेस्ट विश्वासीलो नहुने बताएका छन् । आरडिटी किटबाट गरिने परिक्षण अनुसन्धानको लागि अर्थात ठुलो संख्यामा गरिने भएकोले यो सजिलो प्रविधि भएपनि विश्वासिलो नहुने बताएका हुन् |

उनका अनुसार यो प्रविधिबाट लगभग ३० प्रतिशतमा गलत रिपोर्ट आउन सक्छ । उनी भन्छन् 'यदि फल्स पोजेटिभ आयो भने पिसिआर प्रविधिले निश्चित गरिन्छ  तर फल्स नेगेटिभ आयो भने संक्रमित निस्फिक्री हुन्छ अनि आफ्नो परिवार, आफन्त, छिमेकी लगायत समाजमा रोग सार्न सक्छ ' उनले यो परिक्षण रोग निदानको लागि नगर्न र यसको परिणाम मिडियामा दिएर जनतामा त्रास उत्पन्न गर्ने काम नगर्न समेत आग्रह गरेका छन् 

उनी भन्छन् 'पीसीआर परिक्षण सबैभन्दा प्रभावकारी हुन्छ | रोगको निदान गर्न यो परिक्षण नै गर्नुपर्दछ  संक्रमण भएको दिनदेखि नै यसले भाइरसको जिन देखाउंछ  नमुना संकलनदेखि तापक्रम कायम गर्दै  गर्दै ल्याबमा पुर्याइयो भने यसले शतप्रतिशत सहि रिपोर्ट दिन्छ |' उनका अनुसार यसको रिपोर्ट आउन २४ घण्टा लाग्छ 

उनले हरेक जिल्ला अस्पतालमा पीसीआर परिक्षणको ब्यबस्था गर्न समेत माग गरेका छन् । उनी भन्छन् ' मेसिन तथा प्राविधिकको संख्या बढाएर परिक्षणको दायरा फराकिलो गर्नुपर्दछ  जति धेरै व्यक्तिको परिक्षण गर्यो त्यति धेरै रोग नियन्त्रणमा आउँछ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved