३० करोडको स्वास्थ्य सामग्री ल्याउन ३ कम्पनीसँग सम्झौता, कुनसँग कतिको ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 09:26:22 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य सेवा विभागले ३ कम्पनीसँग औषधि खरिदको सम्झौता गरेको छ । गाउन, मास्क, प्लाष्टिक सुज–कभर, चस्मा, आइसोलेसनमा राखेका बिरामी उपचार गर्दा लगाउने गाउनलगायत सामग्री किन्न विभागले ३ वटा कम्पनीसँग सम्झौता गरेको हो । 

विभागले तीन कम्पनीसँग ३० करोडको स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको हो । ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजार, हाम्रो मेडी कन्सर्नसँग ६ प्रकारका स्वास्थ्य सामग्रीका लागि ९ करोड २२ लाख ६९ हजार रुपैयाँ र लुम्बिनी हेल्थ केयर प्राइभेट लिमिटेडसँग ३ प्रकारका स्वास्थ्य सामग्रीका लागि १ करोड ८१ लाख ११ हजार रुपैयाँको सम्झौता भएको छ ।

शुक्रबार सम्झौता भएको सम्झौता अनुसार सबै कम्पनीहरुले दुई साताभित्र औषधि ल्याउँने प्रतिवद्धता जनाएको विभागको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved