बिरामी नलिएको आरोप पुष्टि गरेर देखाउन नर्भिकको चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 04:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रबाट सञ्चालित अस्पतालले कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएदेखि नै बिरामी नलिएको आरोप खेपिरहेका छन् । विशेष गरी चौधरी समूहले लगानी गरेको नर्भिक अस्पतालले सामान्य ज्वरो आएको बिरामीसमेत नलिएको आरोप खेपिरहेको छ । 

बसन्त चौधरीको प्रश्न, ‘अस्पतालले बिरामी नलिए के लिन्छ ?’ 

तर नर्भिक अस्पतालले भने निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमध्ये आफूले जति तयारी अरु कुनै अस्पतालले नगरेको दाबी गरेको छ । कोरोनाको संक्रमित भेटिन थालेसँगै नर्भिक अस्पतालले बिरामी नलिएको, सामान्य ज्वरोको समेत जाँच नगरेको र भएका बिरामीको पनि वास्ता नगरेको आरोप लाग्दै आएको छ । यो आरोपको खण्डन गर्दै नर्भिकका सञ्चालकसमेत रहेका व्यवसायी बसन्त चौधरीले केही हप्ता अघि आफ्नो फाउण्डेशनमार्फत सरकारलाई सहयोग गरेका थिए । 

‘निजी अस्पतालहरुले तयारी गरेका छैनन्, बिरामी लिएनन् भन्ने आरोपमा सत्यता छैन’ चौधरी भन्छन्, ‘तपाईहरु काठमाडौँका निजी अस्पतालमा गएर हेर्न सक्नुहुन्छ, सरकारी अस्पतालको भन्दा कम तयारी छैन । स्वास्थ्य परीक्षण हुन्छ, भईरहेको छ । तर उपचारका लागि सरकारी अस्पताल पठाउनुपर्छ भन्ने स्वास्थय मन्त्रालयको गाइडलाइन छ, त्यसै अनुसार निजी अस्पतालले काम गरिरहेका छन् ।’

उनका अनुसार आफ्नो नाममा रहेको फाउण्डेशनमार्फत सरकारले खडा गरेको कोरोना उपचार कोषमा ६२ लाख बराबरको पीपीई, मास्कलगायत औषधिजन्य सामग्री र ५० लाख रुपैयाँ ह्याण्ड क्यास सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरिएको छ ।

नर्भिकले भन्यो, ‘आरोप पुष्टि गरेर देखाउ’ 

बिरामी नलिएको विषयमा नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह नर्भिक अस्पताल निजी अस्पतालहरुमध्ये १५ शैयाको आइसोलेशन वार्ड बनाउने पहिले अस्पताल भएको दाबी गर्दै यसरी अगुवाई गर्ने अस्पतालले नै बिरामी लिएन भन्नु गलत भएको बताएका छन् । 

‘हामीले सरकारको गाइडलाईन हन्ड्रेड पर्सेन्ट पूरा गरेका छौँ, आइसोलेशन वार्ड बनाएका छौँ, ज्वरो वार्ड छुट्टै बनाएकै छौँ’ कार्यकारी निर्देशक सिंह भन्छन्, ‘कोभिडका शंकास्पदको स्वास्थ्य जाँच गरिने भएपनि यदि रिपोर्ट पोजेटिभ आए सरकारी अस्पतालमा पठाउनुपर्ने हुन्छ, हामीले गरेका परीक्षणमा हालसम्म कोभिडका शंकास्पद भेटेका छैनौँ ।’ 

कार्यकारी निर्देशक सिंहले नर्भिकले बिरामी लिएन भनेर आरोप लगाउनेलाई पुष्टि गरेर देखाउन चूनौतीसमेत दिएका छन् । ‘कसले आरोप लगाएको हो, आरोप लगाउने मान्छेलाई म पुष्टि गर्न चूनौती दिन्छु’ उनले भने, ‘सम्पर्कमा छन् भने म सँग कुरा गर्न वा अस्पतालमै गएर हेर्न भनिदिनु ।’

नर्भिकले हालसम्म १५ जना शंकास्पदको परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । नर्भिकको आइसोलेशनमा हाल २ जना उपचाररत छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved