लकडाउन खोल्नको लागि यस्ता छन् विश्व स्वास्थ्य संगठनले तोकेको ६ शर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 01:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank
सरकारले ४४ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने भएको छ। सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले लकडाउनको अवधि भने ११ दिन थप गरेर जेठ ५ गतेसम्म कायम गरेको छ ।  

विश्व स्वास्थ्य संगठनले कुनै पनि देशले लकडाउन खुकुलो पार्न वा हटाउनको लागि ६ वटा शर्त तोकेको छ।  ति शर्त पुरा गरेर मात्र लकडाउन खुकुलो पार्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेद्रोस अधानोमले बताएका छन् । 

यस्ता छन् विश्व स्वास्थ्य संगठनका शर्तहरु : 

१)  रोग सर्ने क्रम नियन्त्रणमा रहेको हुनु पर्ने ।
२) देशको स्वास्थ्य प्रणाली ' हरेक संक्रमितहरुको पहिचान गर्न सक्ने, परिक्षण गर्न सक्ने, आईसोलेसनमा राख्न सक्ने, उपचार गर्न सक्ने, र कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने' हुनु पर्ने ।
३) संक्रमणको दृष्टिले 'हटस्पट' को रुपमा रहेका स्थानको जोखिम कम भएको हुनु पर्ने ।
४) विद्यालय, कार्यकक्ष, र अन्य सार्वजनिक तथा अत्यावश्यक स्थानमा रोकथाम उपायहरु अवलम्बन गरिएको हुनु पर्ने ।
५) अन्य देशबाट आउने व्यक्तिमा हुन् सक्ने संक्रमणको जोखिमलाई ब्यबस्थापन गर्न सक्नु पर्ने ।
६) समुदायहरु भाइरसको संक्रमणबारे पुरै शिक्षित भएको हुनु पर्ने, र भाइरसपछिको अवस्थामा उनीहरु शशक्त भई पहिले कै झैँ सामान्य अवस्थामा  फर्किन सक्नेभएको हुनु पर्ने। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved