विश्व स्वास्थ्य सङ्गठन भन्छ ' कोरोना भाइरस कहिल्यै पनि नहराउन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 02:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस संसारबाट कहिले पनि नहराउन सक्ने जनाएको छ । सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले पनि नहराउन सक्ने भएकोले यस विषयमा कुनै अनुमान नगर्न आग्रह गरेका हुन्। 

 डा. राएनले बुधवार इन्टरनेट मार्फत गरीएको प्रेस सम्मेलनमा  कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्ने र यो कहिल्यै नहराउन पनि सक्ने बताएका हुन्। एचआईभीसँग तुलना गर्दै उनले एचआईभी अहिले नहराएको तर हामीले त्यससँग रहन सिकेको बताए। 

उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने बताएका छन् । उनले भने "कसैले यो भाइरस हराउने समय अनुमान गर्न सक्ने" अवस्था नरहेको बताए।अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरू विकास भइरहेका छन् तर डा. राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए। 

    Share Your Thoughts

    Recent News

    Main News

    TRENDING

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved