बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य बिमा २७ लाख, भारत जान अनुमति लिनुपर्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 06:01:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रोजगारीका लागि बिदेशिने कामदारको स्वास्थ्य बिमा बापतको रकम दोब्बर बनाएको छ। बैदेशिक रोजगारीमा जाने कामदारको लागि अब कुल २७ लाख रुपैयाँसम्मको बिमा गरिने प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेका छन। 

प्रधानमन्त्री दाहालको घोषणा अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य बिमावापतको रकम २० लाख रुपैयाँ र मृतकका परिवारलाई साविकमा दिइदै आएको क्षतिपूर्ति रकम रु. ३ लाखमा रु. ४ लाख थपेर रु. ७ लाख पुर्याइएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्री प्रकाश शरण महत र श्रममन्त्री दिपक बोहोरालाईसंगै राखेर बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य बिमा २७ लाख पुर्याइएको घोषणा गरेका हुन्। 

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई स्वास्थ्य बिमावापत १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। प्रधानमन्त्री प्रचण्डले घोषणा गरेको २० लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा भने वैदेशिक रोजगार ऐन संशोधन पारित भएपछि लागू हुनेछ।

सरकारले रोजगारीका लागि विदेशिने कामदारका लागि जीवन विमावापत अब १० लाख रुपैयाँ उपलब्ध गराउने छ भने १५ वटा घातक रोगवापत पाँच लाख रुपैयाँ उपचारका लागि दिनेछ। यस्तै बिमाको आय नोक्सानीवापत २ लाख, क्रिया खर्च १ लाख, औषधि उपचारका लागि १ लाख रुपैयाँ तथा शव नेपाल ल्याउने खर्चवापत एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउनेछ।

यसैगरी कल्याणकारी कोषमार्फत जम्मा भएको रकमबाट नेपाली कामदारलाई दिने तीन लाख रुपैयाँलाई बढाएर चार लाख रुपैयाँ बनाइएको छ। विमाबाट पाउने रकम घातक रोग लागेर अशक्त प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउन लाग्ने खर्चबाहेकको रकम रकम कामदारले पाउनेछन्।

रोजगारीकोे लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुुने नयाँ व्यबस्था गरिएको छ । नयाँ व्यवस्था अन्तर्गत भारत जाने नागरिकहरुलाई समेत बैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह घातक रोग वापत ५ लाख, जीवन बीमा वापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजार सहित कुुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने छ । यो व्यवस्था आगामी २०७३ फाल्गुण १ गतेदेखि लागू हुुनेछ ।

यही अवस्थालाई मध्य नजर गर्दै अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकहरुलाई समेत बैदेशिक रोजगारको मान्यता दिइनेछ । र, अन्य देश जाने नागरिकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तर्गतको कल्याणकारी कोषमा सहभागिता गराइनेछ । यस्तो बीमामा ५ लाख बराबरकै घातक रोगको बीमा समेत समावेश हुुनेछ । बीमाङ्ग रकम ७ लाख ५० हजार हुुनेछ । त्यस्तै बैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट कम्तिमा १ लाख ५० हजार गरी कुुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइनेछ । यस्तो बीमाको समयावधि कम्तिमा एक वर्षको हुुनेछ । तर, काम गर्ने समयावधि तोकिएको हकमा भने बीमा अवधि सोही बमोजिम हुनेछ ।

भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्नेछ । यो अनुुमति पत्र दिनुुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउनेछ । यसका लागि छुुट्टै कार्यविधि बनाई एक महिनाभित्र लागू गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved