पिडान र काँग्रेस कोभिड अनुगमन समितिबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 11:17:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिपक्षीदल नेपाली काँग्रेसका सह-महामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महत र नेपाल औषधि थोक ब्यवसायी संघ (पिडान )का केन्द्रीय प्रतिनिधी मण्डलवीच भेटवार्ता भएको छ । 

उक्त भेटवार्ताको क्रममा संघको तर्फबाट कोभिड १९ को संक्रमणको बढ्दो जोखिमकाबीच पनि सेवा प्रवाहमा प्रतिवद्ध औषधि व्ययवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा विभेदको निति अख्तियार गरेका कारण तमाम औषधि व्यवसायी वृतमा निरुत्साहित भएको जानकारी गराएको महासचिव गणेश नेपालले बताए ।केन्द्रीय बैंकले पनि कर्जा, व्याज लगायतका सेवा सुविधा दिने क्रममा औषधि व्यवसायीलाई सम्बोधन गर्न नसकेको जस्ता विषयमा छलफल भएको उनले बताए ।

  भेटवार्तामा संघका सचिव माधव अधिकारी र कोषाध्यक्ष विनोद ढकाल लगायत सचिवालय पदाधिकारीको समेत उपस्थिती रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved